टीकापुरको शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्किने सम्भावना, सचेत रहन आग्रह

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुर स्थित कर्णाली नदीमा रहेको तटबन्ध फुट्ने सम्भावना बढी रहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी नायव निरिक्षक बिर बहादुर कठायतले दिएको जानकारी अनुसार आज रातभरी बर्षा भएमा सो तटबन्ध फुट्ने सम्भावना बढी देखिन्छ ।
उक्त तटबन्ध फुटेपछि टीकापुर नगरपालिकाका वडा नं. ५,६,७, ८ र ९ मा ठुलो क्षति हुनसक्ने सम्भावना बढी देखिन्छ ।


तटबन्ध फुटनसक्ने अवस्था देखिएपछि स्थानियलाई सावधानी अप्नाउन आ–आफ्नो क्षेत्रबाट जानकारी गराउदैछौं टीकापुर नगरपालिका प्रवक्ता एवं टीकापुर नगरपालिका ८ नं. का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाले मलवारा लाई बताए ।
साथै प्रवक्ता एवं वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले स्थानिय नागरिकले सचेत रहन आग्रह समेत गरे ।

शाहीपुरमा तटबन्ध भत्किनसक्ने सम्भावना बढेपछि सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक चंख बहादुर कठायतले आफ्नो इलाकाका बासिन्दालाई सचेत रहन आग्रह गरेको बताए ।


कठायतले कर्णाली नदीले शाहीपुरको तटबन्ध भत्कउन सक्ने अवस्थापछि सत्ती चौकीको इलाकामा पर्ने थुर्पै गाउँहरुका बासिन्दालाई प्रत्यक्ष तथा टेलिफोनबाट समेत सुरक्षित रहन जानकारी गराएका छन ।


कर्णाली नदीले दिशा पविर्तन गरि मर्मतका लागि निर्माण गरिएको खाल्डोसम्म पुगि सकेकाले जटिल समस्या भै सकेको शाहीपुरका बासिन्दा चन्द्र बहादुर रोक्का मगरले मलवारा संगको कुराकानीमा बताए ।

ताजा खबर

टीकापुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक