सत्ती प्रहरी चौकीले गर्यो लागुऔषध दुव्र्यशनी विरुद्ध जनचेतना मुलक कार्यक्रम तथा माक्स बितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक चंख बहादुर कठायत प्रमुख भएर आए पश्चात सो क्षेत्रमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु हुदै आएका छन ।


बिभिन्न कार्यक्रमहरु लाई सहयोग पु¥याउन स्थानियले समेत सहयोग गर्ने गरेको कठायत बताउछन ।


अरु दिन झैं आज पनि लागुऔषध दुव्र्यशनी बारे जनचेतना मुलक कार्यक्रम र २ सय ५० जनालाई माक्स बितरण गरिएको प्रहरी नायव निरीक्षक कठायतले मलवारालाई बताए ।


कठायतका अनुसार टीकापुर नगरपालिका वडा नं. ७ स्थित खैरीपुर चोक (प्रहरी बिट) मा र टीकापुर नगरपालिका वडा नं. ८ कर्णाली पुलमा लागुऔषध दुव्र्यशन सम्बन्धि कार्यक्रम तथा माक्स बितरण गरिएको हो ।


प्रहरी चौकी सत्तीलाई स्थानिय जितु कटेजले माक्स बितरणमा सहयोग गर्दै आएको प्रहरी नायव निरीक्षक चंख कडायतले बताए ।

amazed