कैलालीमा पनि लम्बाइयो निषेधाज्ञा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा पनि निषेधाज्ञा फेरि लम्बाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
निषेधाज्ञालाई अर्को आदेश नआएसम्मका लागि निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख गरिएको छ।

कोरोना संक्रमण दर बढीरहेकाले अर्को आदेश जारी नभएसम्म निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालद्धारा जारी आदेशमा छ।
आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ।

यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन् ।
नियमको उल्लंघन गर्नेलाई कानुनी कारवाही गरिने समेत आदेश पत्रमा उल्लेख छ ।

ताजा खबर

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

amazed