शेयेर गर्नुहोस
महेन्द्रनगर । कञ्चनपुर जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका वडा नं ४ जाँई बस्ने १६ वर्षीय किशोर रहेका छन् ।
बालिकालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ शनिबार ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।