दाङमा हँसिया र लट्ठीले हानेर पतिको हत्या

शेयेर गर्नुहोस

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा ३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन् ।

शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed