डोटीमा कोरोना खोप लगाएको अढाई घण्टापछि एक जनाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । डोटीमा कोरोना खोप लगाएको अढाइ घण्टापछि ६० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ का लालबहादुर बोगटीको मृत्यु भएको हो ।

२६ दिनअघि भेरोसीलको पहिलो खोप लगाएका बोगटीले सोमबार दोस्रो डोज लगाएका थिए । खोप लगाएको अढाइ घण्टापछि उनको मृत्यु भएको हो। मुडेगाउँ खोप केन्द्रमा बिहान साढे ८ बजे खोप लगाएर आफ्नो घर फर्किएर निदाएका उनी बिहान ११ बजे मृत अवस्थामा भेटिएका हुन् ।

शिखर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिस शाहले बोगटीको मृत्यु खोपको कारण नभएको दाबी गरे ।

(यो समाचार दिनेश खबरबाट लिइएको हो ।)

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *