शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ मा संचालित जितु कटेजका संचालक जितराम चौधरीले टीकापुरका आठ सञ्चारमाध्यमका आठजना पत्रकारहरुलाई मंगलबार टिसर्ट बितरण गरेका छन ।
बिगत लामो समयदेखि समाजका सकारात्मक तथा नकारात्मक समाचारहरु समाज बिच ल्याएरसमाजलाई सकारात्मकरुपमा लैजान समाचारहरु प्रवाह गरेको भन्दै थप हौसला दिन चौधरीले पत्रकारहरुलाई टिसर्ट बितरण गरेका हुन ।
मंगलवार ८ जना पत्रकारहरुलाई हौसला दिन ८ टिसर्ट बितरण गरिएता पनि टीकापुरका २३ जना पत्रकारहरु लाई थप हौसला दिन टिसर्ट बितरण गर्ने योजना रहेको चौधरीले बताए ।
पत्रकारहरुलाई टिसर्ट बितरण कार्यक्रमको पहिलो चरणमा उनले रेडियो नमस्तेका प्रबन्ध निर्देशक कर्ण कुवँर, मलवारा दैनिकका प्रकाशक/सम्पादक दीपेन्द्र भण्डारी, सत्ती कर्णाली साप्ताहिकका प्रधान सम्पादक एलबि बुढा, सुदूर सन्दर्भ साप्ताहिकका सम्पादक भिम बिक, टीकापुर दैनिकका समाचारदाता गणेश क्षेत्री, गोचाली एफएमका प्रबन्ध निर्देशक बलराम चौधरी, समाधान न्यूज दैनिकका समाचारदाता लक्ष्मण बिक र टीकापुर एक्सप्रेसका सम्पादक मान बहादुर ठकुल्लालाई टिसर्ट बितरण गरेका हुन ।
केहि समय अघिदेखि समाजका संघसंस्था तथा व्यक्तित्वहरुलाई बिभिन्न सकारात्मक कामको मुल्या.कन गर्दै थप हौसला दिन टिसर्ट, माक्स र लागुऔषध दुव्र्यशनी बिरुद्धको कार्यक्रमको समेत आयोजना गरेको जितु कटेजका संचालक जितराम चौधरी बताउँछन । बिभिन्न समयमा आयोजना गरिएका कार्यक्रमहरुमा स्थानिय प्रहरीकै सहयोगमा गरिएको पनि उनले बताए ।
चौधरीले टीकापुर नगरपालिका वडा नं. ८ सुर्यपुरका युवाहरुलाई २० टिसर्ट, मास्क र लागुऔषध दुव्र्यशनी बिरुद्धको कार्यक्रममा सहभागि गराएको बताए । उक्त कार्यक्रममा प्रहरीको समेत सहभागिता रहने गरेको उनले बताए ।
यसैगरी उनले सत्ती प्रहरी चौकी र कालाकुण्डा प्रहरी चौकीलाई २५० का दरले मास्क र लागुऔषध दुव्र्यशनी बिरुद्धको कार्यक्रमका लागि व्यानर सहयोग गरेको बताए । साथै खैरीपुर चोक (प्रहरी बिट) मा लागुऔषध दुव्र्यशनी बिरुद्धको जनचेतना मुलक कार्यक्रममा ती मास्क बितरण गरिएको उनले बताए ।
स्थानिय १० अटो चालकहरुलाई पनि १० टिसर्ट तथा मास्क बितरण गरिएको समेत चौरीले जानकारी दिए ।
यसैगरी चौधरीले दिएको जानकारी अनुसार टीकापुर–८ स्थित प्रगति युवा क्लबलाई १५ टिसर्ट र सोही ठाउँका निम्न बर्गिय २२ जना युवाहरुलाई पनि २२ टिसर्ट बितरण गरिएको छ ।
यस्तै टीकापुर–८ कै सक्रिय युवा क्लबलाई १५ टिसर्ट सहित १ थान फुटबल समेत चौधरीले दिएका छन । साथै उनले टीकापुर–८ कै नबिन युवा क्लबलाई २० टिसर्ट दिएका छन भने सोही वडा अरुणाफाँटाका गरिब जेहेन्दार १२ जना विद्यार्थीलाई समेत १२ टिसर्ट बितरण गरेका छन ।
बितरणकै क्रममा डल्फिनक्षेत्रको कार्यक्रममा २ सय ५० जनालाई मास्कको व्यवस्थापन गरेको समेत चौधरीले बताए ।
केहि दिनदेखि यो कार्यक्रमको थालनि गरेका जितु कटेजका संचालक जितराम चौधरीले बिभिन्न समयमा टिसर्ट बितरण तथा कार्यक्रमहरुको आयोजना गरेका हुन । साथै उनले आगामि दिनहरुमा समेत यी कार्यक्रमलाई निरन्तरतादिने बताए ।