डोल्पामा सुचना प्रणाली सम्बन्धि २ दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस

डोल्पा । एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ।

डोल्पा जिल्लाको छार्का ताङसोङ गाउपालिकमा प्लान इन्टरनेशनल र युरोपियन युनियनको सहयोग र समाज जागरण केन्द्र स्याक नेपाल तथा छार्का ताङसोङ गाउपालिकम को संयूक्त आयोजनामा गुणस्तरीय शिक्षाको लागी पहुच अभिबृद्धि गर्नको लागी एकिकृत शैक्षिक ब्यवस्थापन सुचना प्रणाली सम्बन्धि तालिम सम्पन्न भएको हो ।


तालिममा समापन समारोहका अध्यक्षता छार्का ताङसोङ गाउपालिक शिक्षा शाखा प्रमुख भक्त बहादुर बुढाले गर्नुभएको थियो भने तालिमको प्रमुख अतिथीमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दल बहादुर बस्नेतले गर्नुभएको थियो ।


यो परियोजना अन्र्तगत डोल्पा जिल्लामा रहेका सामुदायिक बिद्यालयका प्रअ, र शिक्षकहरुलाई तालिम प्रदान गरेको समाज जागरण केन्द्र स्याक डोल्पाका लेखा अधिकृत गंग गिरीले जानकारी दिनु भएको छ ।


एकिकृत शैक्षिक ब्यवस्थापन सुचना प्रणाली भरेर पठाउने भाद्र १५ गते अर्थात हिजो अन्तिम दिनमा सहभागी छार्का ताङसोङ गाउपालिकका ६ वटा विद्यालय तथा शेफक्सुन्डो गाउपालिकाका ३ वटा विद्यालयका २० जना शिक्षक शिक्षिकाहरु लाई यो तालिम प्रदान गरिएको गिरीले बताउनु भयो ।


सहभागी ९ वटै विद्यालयले तालिमका क्रममै एकिकृत शैक्षिक ब्यवस्थापन सुचना प्रणालीमा सूचना व्यवस्थापन गरेर वेबसाईटमा अपललोड गरेका छन यो तालिमको महत्वपूर्ण उपलब्धी भएको कुरा तालिमका प्रशिक्षक प्लान ईन्टर नेशनलका निर्मल नेपालीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अथिती शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दल बहादुर बस्नेतले यो तालिम एकदमै चाहिने समयमा संचालन गरिदिएकोको प्लान ईन्टरनेशनल नेपाल तथा साझेदार संस्था स्याक नेपाललाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यस तालिमले शिक्षकहरुहरुको ब्यक्तिगत बिकासको संगसंगै बिद्यालयको शैक्षिक सुचना व्यवस्थापन असल बनाई शिक्षा गुणस्तरिय यर्थात योजना निर्माणमा समेत महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ ।

कार्यक्रममा छार्का ताङसोङ गाउपालिक शिक्षा शाखा प्रमुख भक्त बहादुर बुढाले यो तालिमले बिद्यालयको योजना तयार गर्न सहज हुनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्नको लागी कोसे ढुगा सबित हुने बताउनु भएको छ । छार्का ताङसोङ गाउपालिक शिक्षा शाखा प्रमुख भक्त बहादुर बुढालेको भनाइ रहेको छ ।
तालिमको मुख्य प्रशिक्षक प्लान इन्टर नेशनलका अनुगमन तथा मूल्यांकन अधिकृत निर्मल नेपालीले प्रशिक्षण दिनु भएको थियो । तालिम २ दिन सन्चालन भएको थियो ।

यस अघि डोल्पाका २ वटा नगरपालिका र १ वटा गाउँपालिकामा तालिम सम्पन्न भै सकेको र बाकी डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकाका क्रमस सञ्चालन हुने कुरा गंगाा गिरीले जानकारी दिनुभएको छ ।

ताजा खबर

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed