शेयेर गर्नुहोस
हेमराज भट्ट,
अत्तरिया । मंगलबार दिउँसोको करिब डेढ बजेको थियो । गोदावरी नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुग्यो । यस बिषयमा कसैलाई जानकारी थिएन । अख्तियार टोली नगरपालिकामा आएको छ भन्ने बिषेश सुचना आधारमा गोदावरी न्युजको टिम पनि नगरपालिकाको कार्यालयमा पुग्यो ।
हामी निकै हतार हतारमा नगरपालिकाको कार्यालयमा पुग्यौ । सुरुमा हामी प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गयौ , उक्त टोली त्यहाँ नदेखे पछि नगरप्रमुखको कार्यकक्ष सहित सम्पूर्ण शाखामा पुग्यौ ।
तर अख्तियारवाट आएको ३ जनाको टोली नगरप्रमुखको बैठक कक्षमा बसेर नगरपालिकाका कागजात चेकजाँच गरिरहेको थियो । ढोका लगाएको थियो ।
हामीले ढोका खोल्दै भन्यौ – ुसर हामी मिडियावाट हजुरहरु अख्तियारवाट आएको भन्ने जानकारी पाएर आएको , फोटो खिच्न मिल्छ ? तर जबाफमा हुदैन फोटोे खिच्न मिल्दैन भन्ने उत्तर आयो । त्यसपछि हामी बाहिर आयौ । त्यसको केही समयपछि क्यामरा सहितको मिडियाका धेरै साथीहरुलाई देखेपछि उक्त टोलीका एक जनाले ढोका खोलेर फोटो खिच्न दिए ।
सामान्यतया अख्तियार कुनै बिषयमा उजुरी परेपछि त्यसबारे छानबिन गर्न अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगरको टोली आउने गरेको भएपनि उक्त टोली भने काठमाण्डौ केन्द्रबाटै आएको रहेछ । त्यसपछि सबैको झन जनचासो बढ्यो ।
त्यसपछि हामी प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीको कार्यकक्षमा गयौ र हामीले सोध्यौ अख्तियारको टोली आएको रहेछ , किन आएको रहेछ सर ? यस बारे जबाफमा प्रमुख प्रशासकिय अधिकृत जोशीले यो अख्तियारको नियमित रुपमा आफ्नो काम गर्न नगरपालिकामा पुगेको बताए ।
उनले उक्त टोलीमा केन्द्रका बिज्ञहरु आएको यस बिषयमा आफुलाई पहिले नै जानकारी गराएको बताए ।
उनले अख्तियारको टोली उजुरीको आधारमा नआएको दाबी गरे । उनले अख्तियारको टोलीले नमुनाका रुपमा गत बर्षका कागजातहरु हेरिरहेको बताए ।
ूउहाहरुले हामी आउदैछौ भनेर ८्९ गते नै भनेर जानकारी गराएका थिए , उहाँहरुको यो नियमित कार्य नै हो यसवाट हामीलाई राम्रो फिटब्याक मिल्छू उनले अगाडी भने – हाम्रा केही गल्ती कमी कमजोरीहरु भए त्यसलाई सुधार गर्ने पनि मौका पाइन्छ ।
पछि यस बिषयमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रिय प्रबक्ता नारायण प्रसाद रिजाललाई सम्पर्क गञ्यौ तर उनको फोन उठेन । त्यसपछि हामीले सहायक प्रवक्ता एबम् सुचना अधिकारी वेदप्रसाद भण्डारीलाई सम्पर्क गर्दै यस बिषयमा जानकारी लियौ ।
उनले उजुरीका आधारमा छानबिन गर्न टोली गोदावरी नगरपालिकामा पुगेको बताए । उनले गोदावरीमा मात्रै नभएर सुदूरपश्चिका अन्य स्थानिय तहका पनि उजुरी परेकाले त्यहाँ पनि अनुसन्धान गरिने बताएका छन् ।
कुनै ठाउँवाट उजुरी परेपछि मात्रै हाम्रो टोली त्यहाँ पुग्छ , छानबिन तथा अनुसन्धानका लागि स्थलगत रुपमै कागजातहरु हेरिन्छ , प्रमाणहरु जुटाइन्छ उनले भने यो सबै भएपछि मात्रै वास्तविक कुरा पत्ता लाग्ने हो , त्यसैले अनुसन्धानका लागि टोली त्यहा पुगेको हो अहिले छानबिन गरिरहेको छ ।
गोदावरीको कुन बिषयमा उजुरी परेको हो भन्ने बिषय भने खुलाउन नमिल्ने सहायक प्रवक्ता भण्डारीले बताए । उनले गोदावरी सहित अन्य स्थानिय तहमा पनि अनुन्धान गरिने भएपनि त्यो पनि खुलाउन नमिल्ने बताएका छन् ।
(यो समाचार गोदावरी न्यूजबाट लिइएको हो)