शेयेर गर्नुहोस
टीकापुरमा नेपाल टेलिकमबाट वितरित एडिसिएल (इन्टरनेट) सेवाबाट पनि सेवाग्राहि हरु दिक्क छन । टेलिकमको एडिसिएल सेवामा टेलिकमले सेवाग्राहीलाई ठग्ने धन्दा नै बनाएको भन्दा पनि फरक नपर्ला । त्यसैलेपनि टेलिकमको एडिसिएल इन्टरनेट सेवाबाट अधिकांश सेवाग्राही दिक्क मात्र नभई आर्कोशित पनि छन । एडि–सिएल इन्टरनेट सेवा अति नै सुस्त भएकाले धेरै सेवाग्राहीले यो इन्टरनेट सेवा बन्दपनि गरि सकेका छन ।
टीकापुरमा रहेका अन्य इन्टरनेटपनि खासै प्रभावकारी छैनन् । वर्डलिङक इन्टरनेट सेवा समेत बिगतको तुलनामा धेरै सुस्तगतिमा छ । वर्डलिङकले आफ्नो क्षमता बृद्धि गरेको छैन । ग्राहक थप्दै जाँदा यो इन्टरनेट सेवा पनि सुस्त भएको हो । वर्डलिङक इन्टरनेट सेवाबाट समेत अधिकांश सेवाग्राही दिक्क छन । वर्डलिङकका कर्मचारीहरुले ग्राहक बढाउन इन्टरनेटको क्षमता अति नै राम्रो भन्ने आश्वास दिने गरेका छन । सेवा लिए पश्चात सेवाग्राहीले कर्मचारीले दिएको आश्वासन नपाएपछि दिक्क हुनु र वर्डलिङकका कर्मचारीदेखि आर्कोशित हुनु स्वभाविकै पनि हो ।
तसर्थ यसरी वर्डलिङकले सेवाग्राहीलाई झुक्याएर नेट जडान गराउनुपनि ठगि हो । यसरी ठग्ने वर्डलिङकका कर्मचारी समेत दोषी ठहर हुन्छ । यसरी सेवाग्राहीलाई ठग्ने जो कोहि कम्पनी वा कर्मचारी हुन तिनिहरु समेत अपराधी हुन । यस्ता अपराधीबारे समेत राज्यको ध्यान पुग्न नितान्त आवश्यक छ ।