प्रहरीको सकारात्मक काम

शेयेर गर्नुहोस

टीकापुरमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि चलाएको अभियान समाजका लागि निकै सकारात्मक छ । प्रहरी साझेदारीको अवधारणा अन्तर्गत ‘भबिष्य बचाउँ’ कार्यक्रम टीकापुर प्रहरीले ल्याएको छ । सो अभियान निकै सकारात्मक हो । यो कार्यक्रमलाई टीकापुर क्षेत्रका अगुवाहरुले पनि साथ दिनुपर्छ । प्रहरीलाई सघाउनु पर्छ । अनिमात्र समाजका बिभिन्न विकृतिहरुमा कमि आउने छ । कैलालीमा लागुऔषधको बिगबिगी बढेको छ । प्रहरीले बिभिन्न ठाउँहरुबाट लागुऔषध सहित लागुऔषधमा संलग्नहरुलाई रंगेहात पक्राउ पनि गर्दै आएको छ । तरपनि लागुऔषध कारोबारमा संलग्नहरुमा कमि नआएको देखिन्छ ।
टीकापुर स्थित इलाका प्रहरी कार्यालय र प्रहरी चौकी सत्तीको संयुक्त आयोजनामा जग्गामा उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने कार्यपनि निकै सकारात्मक छ । गाँजा सेवन गरेर दिनभरी लठ्ठीनेहरु समेत हाम्रो समाजमा नभएका होइनन् । त्यसैले पनि यस क्षेत्रमा रहेका गाँजाका बोटहरु नष्ट गर्न जरुरी पनि छ । टीकापुर प्रहरीले चालेको यो कदमपनि समाजको हितमा छ । गाँजा नियन्त्रणको प्रयासले मात्र लागुऔषध दुव्र्यशनमा कमि आउने सम्भावना देखिदैन । लागुऔषध नियन्त्रणको प्रयास प्रहरीले मात्र गरेर हुदैन । लागुऔषध बाट बचाउन सम्बन्धित घरपरिवारले ध्यान दिनुपर्ने मुख्य कुरा हो । समाज/प्रहरी भनेका रोकथामजस्तै हुन ।
तसर्थ आफ्नो घरको सदस्य लागुऔषध कुनै अपराधिक कृयाकलापमा लागेको छ, सो कुरा सर्ब–प्रथम घरपरिवारले केलाउनुपर्छ । सो बिषयमा सबैभन्दा बढी घरपरिवारको दायित्वपनि रहन्छ । त्यसैलेपनि आफ्ना घरपरिवारका सदस्यको अभिभावकले निगरानी गर्ने हो भने कुनैपनि समस्या हरु आउने छैनन भन्ने बिश्वासपनि गरिन्छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *