उन्नति तर्फ महिला सहकारी

शेयेर गर्नुहोस

टीकापुरमा संचालित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । टीकापुर क्षेत्रका महिलाहरुले संचालन गरेको महिला जागरण सहकारी संस्थाले खाने तेल समेत उत्पादन गर्न शुरु गरेको छ । सैयौ क्विन्टल तोरी खरिद गरेर तेल उत्पादन शुरु गरेको हो । यो कार्यले महिला जागरण सहकारी संस्थाले थप प्रगति गरेको ठहर हुन्छ । महिला जागरण सहकारीले कार्यालयका लागि भवन समेत खरिद गरिसकेको छ । साथै उक्त सहकारीले आफ्नो भवनमा माथिल्लो तला समेत थप गरिसकेको छ ।

महिला जागरण सहकारी संस्थाले बिगतको तुलनामा राम्रो उन्नती गरेको छ । करोडौं रुपैयाँ लगानि पनि गरिसकेको छ । त्यसैलेपनि महिला जागरण सहकारी संस्थामा कार्यरत सम्पूर्णलाई हौसला दिन आवश्यक छ । साथै समाजमा हुने बिभिन्न कार्यक्रमहरुमा सम्मानित गर्न जरुरी छ । तत्पश्चात पुनः हौसला पाएर अझै महिला जागरण सहकारी संस्था थप मजबुद हुने बिश्वास गरिन्छ ।


तसर्थ टीकापुरका महिलाहरुको सक्रियतामा संचालित महिला जागरण सहकारी संस्थालाई थप मजबुद बनाउन सबै स्थानिय वासिन्दाले सहयोग गर्न नितान्त आवश्यक छ । तेल उत्पादनबाट महिला जागरण सहकारी संस्थाले थप प्रगति गर्दै जाओस्, शुभकामना ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *