दैलेखी सेवा समाजद्वारा तीजविशेष कार्यक्रमको आयोजना

शेयेर गर्नुहोस

छबिलाल जैसी,
टीकापुर । दैलेखी सेवा समाज कैलालीले हरितालिका तीजपर्वको अवसरमा टीकापुर नगरपालिका वडा नं. ७ वैदीमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

समाजका अध्यक्ष देविलाल पाण्डेयको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ ईश्वरी न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा महिला नेतृहरु कल्पना जैशी र कमला केशी विशिष्ट अतिथि रहनु भएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले तीजलाई भड्कीलो पर्वको रुपमा स्थापित नगरेर हिन्दु धर्म परम्परा अनुसार आफ्नो सँस्कृतिको जगेर्ना गर्ने तरिकाबाट मनाउनु पर्नेमा जोड दिनुभयो ।

हाम्रा धर्म संस्कारहरुलाई हाम्रा पछिल्ला पिढीहरुले पनिआत्मसाथ गर्ने गरि अगाडि बढाउनु जरुरी रहेकोमा उहाँहरुको जोड थियो ।

समाजका सचिव टोप बहादुर केसीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष धन्सरी कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार संयोजक भक्तिराम कोइराला, जनकल्याण साकोसका व्यवस्थापकतथा कोअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीकाअध्यक्ष छबिलाल जैशी, समाजका निवर्तमान अध्यक्ष नरेश्वर धमाला, पाण्डेय जागरण एकता समाजका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरु लाई निशुल्क रुपमा मास्क समेत वितरण गरिएको थियो । समाजले आगामीदिनमा आफ्ना कला संस्कृतीहरुलाई जगेर्ना गर्न विभिन्न खालका कार्यक्रहरुको आयोजनालाई निरन्तरता दिने समाजका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *