शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँमा संचालित जितु कटेज एण्ड रेष्टुरेण्टका संचालक जितराम चौधरीले बिभिन्न कार्यक्रमहरुको थालनि गर्दै आउनु भएको छ ।
कहिले समाजमा बिभिन्न पेशासंग सम्बन्धित व्यक्तित्यहरुलाई टिसर्ट बितरण र कहिले मास्क बितरण कार्यक्रमको आयोजना गर्नु भएकोे छ ।
यसैगरी कहिले प्रहरीसंगको समन्वयमा लागुऔषध दुव्र्यशनी बिरुद्धको जनचेतना मुलक कार्यक्रम गर्नुभएको छ । आज उहाँको आयोजनामा टीकापुर नगरपालिका वडा नं. ७ र ८ को सिमाना अन्र्तगत हुलाकी सडकको सुर्यपुर चोक छेउमा रहेका झाडपात तथा फोहर सरसफाई भएको छ ।
सडक छेउमा रहेका झाडहरुले आवतजावत गर्दा स्पष्ट नदेखिने भएकाले बिभिन्न दुर्घटनाहरु न्यूनिकरणमा समेत सहयोग पुग्ने भएकाले जितु कटेज एण्ड रेष्टुरेण्टको पहलमा, स्थानिय वासिन्दा, सत्ती प्रहरी चौकीको सहभागितामा यो कार्यक्रम गरिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक चंख बहादुर कठायतले जानकारी दिनुभयो ।