शेयेर गर्नुहोस
बौनियाँ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा मेरो रिपोर्ट र नागरिक पत्रकारिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
इक्वेल एक्सेस नेपालको ‘प्रश्न सोधौे जवाफदेहिता खाजौं’ कार्यक्रम अन्तर्गत नागरिक पत्रकारिता कसरी गर्ने र मेरो रिपोर्टमा कसरी पोष्ट गर्ने बारेमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुलाई आफ्ना लेख, विचार, तथा समाचार जन्य सामाग्री कसरी सार्वजनिक गर्ने बारेमा इक्वेल एक्सेस नेपालका सामुदायिक सञ्चारकर्मी बिरेन्द्र शाहले जानकारी गराउनु भएको थियो ।
कुनै नागरिकले आफुलाइ लागेको विचार अनुसारको समाचार पस्किने, सार्वजनिक गर्ने कामलाइ नागरिक पत्रकारिता भनिने हुँदा जन चासोका बारेमा आफ्ना आफ्ना लेख, विचार, तथा समाचार जन्य सामाग्रीहरु मेरो रिपोर्ट अनलाइर्न पोटल उपयुक्त माध्यम भएको उक्त कार्यक्रममा जानकारी गराइएको छ ।
जन चासोका बिषयमा लेखेका आफ्ना सामाग्रीहरु अब आफै मेरो रिपोर्ट अनलाईन पोर्टलमा राख्न पाउनु खुसीको कुरा भएको कार्यक्रममा सहभागी राष्ट्रिय कलेजका शिक्षक प्रभात बोगटीले बताए ।
अब यसरी इक्वेल एक्सेसको आधिकारिक पोर्टल मेरो रिपोर्ट मार्फत आफुले लेखेका लेख तथा समाचार जन्य सामाग्री नागरिक पत्रकारिता मार्फत बाहिर ल्याउन सजिलो हुने बोगटीले बताए ।
त्यस्तै पत्रकार लोकु सिंङ ठकुरीले पछिल्लो समय नागरिकले सामाजिक सञ्जाल फेसबुक मार्फत नागरिक पत्रकारिता गरेता पनि त्यो आधिकारिता नभएको हुनाले इक्वेल एक्सेस तथा मेरो रिपोर्ट मार्फत प्रकाशित गर्दा आधिकारिकता हुने भएकाले नागरिक तथा पत्रकारका लागी उपयोगी भएको बताउनु बताए ।
कार्यक्रममा यस क्षेत्रका प्राध्यापक, पत्रकार र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।