दश बुदें सहमती एमालेको गतिशिलतामा अवरोध होः सम थापा

शेयेर गर्नुहोस

टीकापुर । नेकपा एमालेका युवा नेता सम थापाले अहिलेको नेकपा एमाले नेकपाको विकसित रुप भएको बताउनु भएको छ ।


शनिवार टीकापुर नगरपालिकाको वडा नम्बर ७ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले वरिष्ठ नेता माधव कुमार नेपालले एमाले परित्याग गरिसकेपछि २०७५ जेठ २ मा फर्किने बारेको दश बुदें सहमतिको कुनै औचित्य नभएको बताउनु भएको छ ।

दश बुदें सहमतीले एमालेको गतिशिलतालाई अवरोध पुर्याउने भएकाले यसको कार्यान्वन पार्टी जीवनमा घातक हुने नेता थापाको धारणा थियो ।


कार्यकर्ता भेलामा प्रमुख अतिथि रहेका एमाले रास्ट्रिय प्रतिनिधि सदस्य समेत रहेका थापाले विगतमा माधव नेपाल गुटमा रहेका तर हाल नेकपा एमालेमा खुलेका नेता तथा कार्यकर्ताले २०७५ जेठ २ को अवस्थाको रटानलाई नेकपा एमालेलाई कमजोर बनाउने षडयन्त्रका रुपमा बुझ्नु पर्ने बताउनु भयो । नवौं महाधीवेशनको मर्म र भावना विपरित दावी गरिएको पद नपाउँदा माधव नेपालले पार्टी छोडेको नेता थापाको आरोप थियो ।


माधव गुट छाडेर आएका नेता कार्यकर्ताहरुलाई पार्टीले उचित सम्मानका साथ पार्टीले जिम्मेवारीमा फर्काइने नेता थापाको भनाई थियो । उहाँहरु माथी कुनै पुर्वाग्रह राखिदैन – थापाले भन्नुभयो ।


सरकारमा केपी ओलीको साढे तीन बर्षे कार्यकाल नेपालको राजनीतिक इतिहासमा विकास र समृध्दीका दृष्टिले ऎतिहासिक रहेको थापाको भनाई थियो ।


भेलामा विशेष अतिथि एमाले जिल्ला कमिटी सदस्य श्याम खत्रीले स्थानिय निर्वाचनको मिति निकट रहेकाले सम्पुर्ण कार्यकर्ताहरु चुनावी माहौल बनाउन लाग्नु पर्ने बताउनु भयो ।

एमालेबाट चोइटिएर गएको झुन्डले विशाल एमालेलाई कुनै असर गर्न नसक्ने खत्रीको भनाई थियो । नरेश्वर धमलाको अध्यक्षतामा आयोजित भेलाले गंगाराम बोहराको नेतृत्वमा २९ सदस्यिय वडा अधिवेशन कमिटी गठन गरेको छ । उक्त कमिटीमा नन्दा साउद उपाध्यक्ष, नवराज काफ्ले सचिव, अर्जुन पाण्डे उपसचिव सर्वसम्मतले चयन हुनुभएको छ । सदस्यमा सहदेव क्षेत्री, धनबहादुर थारु, रामप्रसाद थारु, भ्युराज साउद, मिनबहादुर बोहरा, ललित भणडारी लगायत छ्न ।


भेलामा नेकपा एमाले टीकापुर नगर सचिव ध्रुव खत्री, एमाले जिल्ला सदस्यहरु सिपि खनाल,उदयराम ढुङ्गाना, प्रकाश खडका, युवा संघका केन्द्रीय सदस्य भुपेन्द्र साउद, युवा नेता रामकृष्ण चौधरी लगायतले समसामयिक विषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन मनिराम ढुङ्गानाले गर्नु भएको थियो ।


शनिवारसम्म कैलाली जिल्लाका १३ स्थानीय निकायका एक सय छ्ब्बीस वडा मध्ये ९८ वडामा कार्यकर्ता भेला सम्पमन्न भइसकेको नेकपा एमाले कैलालीले जनाएको छ । बाकी रहेका वडाहरुमा यही महिनाको मसान्तसम्म वडा भेला मार्फत वडा अधिवेशन आयोजक कमिटीहरु बनिसक्ने एमाले कैलालीले जनाएको छ ।

नेकपा एमालेको दशौं महाधिवेशनको तयारीका क्रममा पहिलो चरण अन्तर्गत कार्तिक ३ गते देशव्यापी रुपमा वडा अधिवेशनहरु सम्पन्न गरिसक्ने सर्कुलर रहेको एमाले टीकापुर नगर कमिटी सचिव ध्रुव खत्रीले वताउनु भयो ।

ताजा खबर

टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर र धनगढीबाट भन्सार छलीका सामान नियन्त्रणमा

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

amazed