गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

शेयेर गर्नुहोस

कञ्चनपुर । धनगढीबाट महेन्द्रनगर जाने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना सोमबार यात्रुलाई बुझाइएको छ ।

भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाएकी छन् । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र औँठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *