प्रिमियर लिगमा सलाहको १०० गोल पुरा

शेयेर गर्नुहोस

काठमाडौं । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले प्रिमियर लिगमा आफ्नो एक सय गोल पूरा गरेका छन् । लिड्स युनाइटेडलाई ३–० गोलले हराउने क्रममा एक गोल गरेका सलाहले १०० गोल पूरा गरेका हुन् ।

यससँगै इजिप्टका सलाह प्रिमियर लिगमा एक सय गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन् । उनले लिभरपुलका लागि ९८ र चेल्सीका लागि दुई गोल गरेका छन् ।

प्रिमियर लिगमा डिडियर ड्रोग्बाले १०४ गोल गरेका थिए ।

लिगमा सलाहको तथ्यांक निकै प्रभावशाली देखिन्छ । उनले प्रिमियर लिगको १६३ खेलमा एक सय गोलका साथै ३६ एसिस्ट गरेका छन् । एकपटक प्लेयर अफ द सिजन बनेका उनले दुई गोल्डेन बुट जितेका छन् ।

लिड्स युनाइटेडसँगको खेलमा पहिलो गोल सलाहले नै गरेका थिए भने दोस्रो हाफमा ब्राजिलका मिडफिल्डर फाबिन्होले गोल गर्दै आग्रता दोब्बर पारेका थिए । खेलको इन्ज्युरी टाइममा साडियो मानेले लिभरपुलका लागि अर्को गोल थपेका थिए ।

यो खेलमा हार्भी एलियट भने घाइते भएका छन् । लिड्स युनाइटेडका खेलाडीको प्रहारबाट उनको गोलीगाँठोमा गम्भीर चोट लागेको बताइएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *