महेन्द्रनगर आइरहेको बस दुर्घटनाः ३ को मृत्यु २० घाइते (बिबरणसहित)

शेयेर गर्नुहोस

टीकापुर । पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुदा तिनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।
मृत्यु हुनेमा बर्दिया बाँसघरी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झलारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट–१० मा रहेको २३ स्मृति नजिक बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
साथै दुर्घटनामा सबै घाइतेहरुकोको परिचय खुलेको छ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर–३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर –१ बस्ने ४९ वर्षीय मोहन कोइराला रहेका छन् ।

दुर्घटनामा परि जुम्ला तिला गाउँपालिका–४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका –३ बस्ने २६ वर्षीया सविना लिम्बु ,त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर–७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव रहेका छन् ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज भइसकेको उनले बताए। काँकडभिट्टादेखि महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुवाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक आज बिहान ४ बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed