कैलालीको गौरीगंगा नगरपालिकामा गरिएको तालाबन्दी यथावत

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगा नगरपालिकामा गरिएको तालाबन्दी आज पनि यथावत छ । पाँच दलीय गठबन्धन नगरपालिकालाई बुझाएको ६ बुँदे मागको बेवास्ता गरेको भन्दै मंगलबार पनि तालाबन्दी गरेका हुन् । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

राजनीति दलहरूले आर्थिक पारदर्शिताको माग सहित बुझाएको ज्ञापनपत्र नगर प्रमुख भिम बहादुर देउवाले बेवास्ता गरिरहेको नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति दिनेश राज जोशीले बताए । ६ बुदे मागको नगरपालिकाबाट आधिकारिक रुपमा सम्बोधन गर्ने प्रतिबद्धता सहित छलफलको प्रक्रिया नहुदा सम्म तालाबन्दी यथावत रहने जोशीले बताए ।

सोमबार देखि तालाबन्दी गरिएको भए पनि तालाबन्दी खोल्ने र समस्या समाधान गर्न नगरबाट पहल नभएको राजनीतिक दकका प्रतिनिधिहरुले बताएका छन् । हाम्रो नगरपालिकासँग आम जनसरोकारकाको बिषयमा प्रत्यक्ष देखिएका अनियमितता रोक्न र बास्तबिकता जनता समक्ष पु¥याउन गरिएको मागमा नगर प्रमुखको उदासीनता रहेकोले ठोस प्रतिबद्धता सहितको वार्ता नभए सम्म तालाबन्दी नखोल्ने माओवादी केन्द्रका नेता देवि दत्त कडेल बताएका छन् । नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुँदा सम्म तालाबन्दी नखोल्ने समेत बताएका छन् ।

नगर प्रमुख भिम बहादुर देउवाले भने वार्ताको प्रयास गरिएको छलफल गरि नगरपालिकाको काम सुचारु गर्नेमा गम्भीर रहेको बताएका छन् । दलहरुलाई छलफलको लागि औपचारिक आवाहान गर्न आफू तयार रहेको र आज दिनभरिमा समस्याको समाधान हुने बताएका छन् ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed