कैलालीको गौरीगंगा नगरपालिकामा लगाएको ताला पाचौं दिनमा खुल्यो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार देखि लगाइएको तालाबन्दी पाँचौँ दिन कार्यपालिका सदस्यहरूको अपिलमा खुलेको छ ।
गठबन्धनका दलहरूले नगरपालिकामा देखिएका अनियमितताको यथार्थ छानबिन गरी सार्वजनिक गर्न माग गर्दै नगरपालिकामा गरेको तालाबन्दीप्रति नगरप्रमुख भीम बहादुर देउवाले कुनै चासो नदेखाएपछि कार्यपालिका सदस्यहरूले उचित मागको सम्बोधन गर्ने प्रतिबद्धतासहित ताला खोल्न अपिल गरेपछि शुक्रवार ताला खुलेको हो ।

समस्या समाधानका लागि समिति बनाउने विषयमा सहमति हुन नसक्दा लम्बिएको तालाबन्दीले सेवाग्राहीहरूलाई पर्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सदस्यहरूको अपिलमा ताला खोलिएको नेपाली काङ्ग्रेस नगर सभापति काशीराम शर्माले बताएका छन् ।
नगरप्रमुखको संरक्षणमा अनियमितता भ्रष्टाचार र बेथिति बढेको भन्दै पाँच राजनीतिक दलहरूले गरेको अनिश्चित कालीन तालाबन्दी शुक्रवार खुलेको हो ।

नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को नदीजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको विषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुने गरी सात सदस्यीय छानबिन समिति यही असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउने सहमतिमा तालाबन्दी खोलिएको कार्यपालिका सदस्य भक्त बहादुर विकले जानकारी दिएका छन् ।

ताजा खबर

बाढी, पहिरोमा परेर ३० जनाको मृत्यु , ३२ जना बेपत्ता

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

amazed