सुदूरपश्चिमको अर्थमन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् भने अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । आज साँझ प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ ग्रहण गराइएको हो ।

मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले शपथ ग्रहण गराएका हुन्। लामा नेकपा ९एस० कञ्चनपुर अध्यक्ष र यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन ।

अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहराको नाम चर्चामा छ । उनी बझाङबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन । यसअघि नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।

एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठुलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed