शेयेर गर्नुहोस
कैलाली, कञ्चनपुरमा भारतीयहरुको ज्यादति रोकिएको छैन । भारतीय एसएसबि हुन या भारतीय तस्कर, या भारतीय सर्बसाधारण नै हुन, यिनीहरुले नेपालीहरुलाई बारम्बार दुव्र्यबहार गर्दै आएका छन । कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान निर्घात रुपमा कुटिए । नेपाल भारत सीमा क्षेत्र स्थित दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा शसस्त्र प्रहरी कुटिए । नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेको अवस्थामा शसस्त्र प्रहरीले रोक्न खोज्दा ८ जनको भारतीय तस्करको टोलीले कुटपिट ग¥यो । यो घटनाले नेपाल भारत सीमानामा शसस्त्र प्रहरी कमजोर छ भन्ने सन्देश पनि दियो ।
नेपाल भारत सीमानामा शसस्त्र प्रहरी कुटिन्छन भने शसस्त्र प्रहरीले कसरी नेपाल भारत सीमानाका नेपाली नागरिकको सुरक्षा गर्न सक्छ ? सीमानामा चोरी तस्करी लगायतका बिभिन्न अपराध नियन्त्रण गर्न खटाइको शसस्त्र प्रहरी भारतीय तस्कर संग कुटिनु लाज्जास्पद कुरा हो । तस्करले आक्रमण गर्दा के हेरेर बसे शसस्त्र प्रहरी ? नेपाली भूमिमा भारतीय तस्करबाट कुटिने शसस्त्र प्रहरीमाथि दया मान्नुपर्ने अवस्था देखिदैन । यी शसस्त्र प्रहरीको तस्करसंग साँठगाँठ भएकाले कुटिएका हुन सक्छन भन्ने आँकलन पनि गर्न सकिन्छ । तस्करले अक्रमण गर्दा तस्करलाई गोली ठोक्न किन हिच्किचाएका हुन । सो बारे एक छानबिन टोली गठन गरी अनुसन्धान गर्न जरुरी देखिन्छ ।
Comments 1
greet post