शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँ स्थित जितु कटेज एण्ड रेष्टुरेण्टले बञ्जरियाका युवाहरुलाई आज १५ थान टिसर्ट बितरण गरेको छ ।
समाजको हितका लागि बिभिन्न काममा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सो कटेजका संचालक जितराम चौधरीले आज पनि १५ थान टिसर्ट बितरण गरेका हुन ।
चौधरीका अनुसार बिगतका दिनहरुमा समेत बिभिन्न व्यक्तित्वहरुलाई टिसर्ट, मास्क बितरण गरेको र आगामि दिनहरुमा समेत यो कार्यक्रम जारी राख्ने बताएका छन ।
जितु कटेज एण्ड रेष्टु रेण्टको आयोजना र स्थानिय प्रहरीको सहकार्यमा लागुऔषध दुव्यर्शनी नियन्त्रणबारे जनचेतना मुलक कार्र्यक्रम समेत भई सकेका छन ।
जितु कटेजका संचालक जितराम चौधरीको टीकापुर क्षेत्रमा अधिकांशले प्रशंसा गर्दै आएका छन ।