शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान कुटिएका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं। ८ को नेपाल भारत सीमा क्षेत्रमा सोमबार राति ८ बजे सशस्त्र प्रहरीका ३ जना जवान कुटिएका हुन् ।
स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए ।
सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेरा हालेर कुटपिट गरेको हो ।
तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । तर सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए ।
चोटपटक कसैलाई नलागेको उनको भनाइ छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ ।