महिलालाई घाइते बनाएर सुन लुटियो

शेयेर गर्नुहोस

पोखरा । पोखरामा महिलालाई घाइते बनाएर सुन लुटिएको छ । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर कानमा लगाएको १ तोलाको सुनको मुन्द्रा लुटिएको हो ।

उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएको थियो । यता, मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । उनले लुटेराले रातोमा सेतो धर्का भएको सर्ट लगाएको बताएकी छन् ।

ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
(साभारः रातोपाटी)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed