शेयेर गर्नुहोस
काठमाडौ/ देशभरीका सबै सीमानाका खुल्ने भएका छन् । सरकारले कोरोनाको पहिलो र दोस्रो लहरको महामारी र त्यसपछि जारी लकडाउनका बेला बन्द गरेको देशभरीका सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमानाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, नन्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सो बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको पनि उनले बताए ।
सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरिएको हो ।