ब्यापारी मृत फेला, हत्याको आशंका

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा एक जना ब्यापारी मृत फेला परेका छन् । मृतकको अवस्थाले हत्याको गरिएको आशंका छ ।
बैतडी जिल्लाको सुर्नया गाउँपालिका – ४ सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया– ४ लेकडाँडा घर भएका अन्दाजी ४५ बर्षका कमलसिंह महरा मृत फेला परेका हुन् ।

उनी आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहानको समयमा स्थानियबासीले महराको शव देखेपछि प्रहरीलाई खबरका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको बताइएको छ ।

घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानियबासीहरुले अनुमान लगाएका छन् । मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।

यतिबेला इलाका प्रहरी कार्यालय पाटनवाट प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाका बिषयमा सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *