शेयेर गर्नुहोस
कैलाली जिल्लामा आएको बाढीका कारण ठुलो धनजनको क्षति भयो । बाढीबाट क्षतिबारे पुरा तथ्यांक संकलन नभएतापनि करोडौं रुपैयाँको धनमालको क्षति भयो । बाढीका कारण कैलालीमा दुईजनाको ज्यान गयो । बाढीकै कारण बिगतका बर्षहरुदेखि करोडौं रुपैयाँको धनमालको क्षति हुदै आएको छ । तरपनि सरकारबाट रोकथामको ठोस प्रयास गरिएको देखिदैन । स्थानिय जनप्रतिनिधीहरुले समेत जनताको उन्नती प्रगति बारे ध्यान नदिएको देखिन्छ । त्यसैलेपनि धेरै सर्बसाधारणहरु नेता तथा जनप्रतिनिधी देखि दिक्क समेत भएका छन भन्दा फरक नपर्ला ।
कैलालीको दक्षिणपूर्वि टीकापुर नगरपालिकाले समेत बाढीबाट ठुलो नोक्सान व्यहोर्नुप¥यो । टीकापुर नगरपालिका वडा नं. ८ मा बाढीबाट एकजना बृद्धले ज्यान गुमाए । साथै टीकापुर नगरपालिका अन्र्तगतको हुलाकी सडक समेत बाढीले बगायो । टीकापुर, जानकी, भजनी, जोशीपुर लगायतका किसानले लगाएको धानबाली पूर्णरुपमा नोक्सान हुन पुग्यो । बिगतको स्थानिय निर्वाचन पश्चात समेत टीकापुरमा ठुलो बाढी आएको थियो र ठुलो धनजनको क्षति भएको थियो । तरपनि जन–प्रतिनिधीहरुले बाढीको जोखिम कम गर्नसम्म प्रयास गरेनन । जनप्रतिनिधीहरुको अवधि समेत अन्तिम बर्ष हो । यसपटक समेत ठुलो बाढी आयो र धनजनको क्षति हुन पुग्यो ।
तसर्थ बाढीबाट क्षति व्यहोर्न पुगेका जनताबारे तथ्यांक संकलन गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ सरकारले । नभए जनताले सरकारप्रति पटक्कै बिश्वास गर्ने छैनन र सरकारले जनताप्रति गैर जिम्मेवारीपूर्ण कार्य गरेको ठहर हुनेछ ।