हत्याको आशंकामा २ जना पक्राउ

शेयेर गर्नुहोस

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं. ४ स्थित शनसेरीमाण्डौँका ब्यापारी हत्याको आशंकामा २ जना पक्राउ परेका छन ।
सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका कमलसिंह महरा बिहिबार बिहान मृत अवस्थामा भेटिएपछि अनुसन्धानका लागी त्यहाँ पुगेको प्रहरीको टोलीले हत्या आशंकामा २ जनालाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएका ब्यक्तिहरुको परिचय प्रहरीले गोप्य राखेको छ। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए ।

मृतक महराको सरीर भरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । मृतक महरालाई राती १० बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागी खाना छोपेर राखिदिन भनेका थिए ।

मृतकको खल्तीमा केहि नगद पैषा र १ पाउ जति पकाएको मासु समेत भेटिएको छ । मृतक महराको घरमा श्रीमति, २ छोरा, १ बुहारी र २ नातिनि रहेका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *