शेयेर गर्नुहोस
पार्टपुर्जा गायब बारे मलाई जानकारी छैनः भन्सार अधिकृत खतिवडा
पवन भण्डारी,
टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौला र कैलाली भन्सार कार्यालयमा रहेका बिभिन्न सवारी साधनका पार्टपुर्जाहरु गायब छन । लिलामी प्रक्रिया नभएर लामो समयदेखि थन्किएका बिभिन्न सवारी साधनका पार्टपुर्जाहरु गायब भएपनि भन्सार कार्यालयका कर्मचारी बेखबर रहेको बताउदै आएका छन ।
सिसिटिभी र ससस्त्र प्रहरीको सुरक्षा घेरा भित्र बाट नै सवारी साधानका बिभिन्न पार्टपुर्जाहरु गायब हुनुमा भन्सार कार्यालयका कर्मचारी र ससस्त्र प्रहरीको मिलोमतो रहेको पनि स्पष्ट रुपमा बुझन सकिन्छ ।
कैलाली भन्सार कार्यालयमा गत आर्थिक बर्षमा बिभिन्न ५ सय ६६ मुद्धा दर्ता भएका छन । ति मध्ये २ सय ४० मुद्धा ८१ लाँख ८० हजार २ सय ६६ मा लिलामी भएका छन भने बाकी ३ सय २६ मुद्धाको लिलामी अझै हुन सकेको छैन ।
चालु आर्थिक बर्षको हाल सम्म करिब १ सय १९ मुद्धा दर्ता भएका छन भने अहिले सम्म ३५ मुद्धा मात्र लिलामीमा गएको अरु सबै बाकी रहेको भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत फणीन्द्र खतिवडाले मलवारा संगको कुराकानीमा बताए ।
भन्सार अधिकृत खतिवडाले भन्सारमा जफत भएका सामान हरु लिलामी गर्ने कार्य नियमित नै भएको तर सड्ने गल्ने सामान हरुको छिट्टै लिलामी गरिने र अन्य सामाग्रीको कानुनी प्रक्रिया पुर्याउन केहि समय लाग्ने बताए । उनले कोभिडको कारणले लिलामी प्रक्रिया केहि ढिलो भएपनि छिटै सुरु गरिने समेत जानकारी दिए ।
गत बर्ष देखिनै लिलामी प्रक्रिया नहुदा करोडौको राजश्व गुमेको छ । बिभिन्न मुद्धामा परेका सवारीसाधनहरु सड्ने अवस्थामा समेत पुगेका छन । तर लिलामीको लागी राखीएका सवारी साधनहरुको पाटपुर्जा गायब हुदा पनि आफु लाई कुनै जानकारी नभएको भन्सार प्रमुख अधिकृत खतिवडा को भनाई छ ।
भन्सार कार्यालय कैलालीको सुरक्षाका लागी ससस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना समेत गरिएको छ । तर कडा सुरक्षाका बिच बाटै सवारी साधनका सामानहरु गायब हुनुमा ससस्त्र प्रहरी र भन्सारका कर्मचारीको मिलेमतो भएकोे देखिन्छ ।
यसरी लिलामका लागि राखिएका बिभिन्न सवारी साधनका पार्टपुर्जा लिने जो कोही होस् त्यो अपराधी हो । यस बिषयमा छानविन गरी दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अवस्था देखिएको एक प्रहरी अधिकृत बताउँछन ।

