बर्दगोरियामा कोरोना रोकथाम खर्च डेढ करोड बढी

शेयेर गर्नुहोस

क्वारेन्टिन खर्च प्रतिव्यक्ति २५ सय, करिब ३५ सयलाई राहत वितरण
लोकु सिंह ठकुरी,
सुखड । कैलालीको बर्दगोरिया गाउँपालिकामा कोरोना रोकथाममा डेढ करोड बढी रकम खर्च भएको छ । सो कार्यका लागी आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले १ करोड ६० लाख ५० हजार ८ सय २४ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार राहत वितरणमा ३८ लाख ८२ हजार ८ सय २९ रुपैयाँ खर्च गरेको पालिकाले क्वारेनटिन व्यवस्थापनमा ३० लाख ६० रुपैयाँ, आइसोलेसन व्यवस्थापनमा १६ लाख ७ सय ५ रुपैयाँ र जनशक्ति परिचालनमा ३४ लाख ६९ हजार ५ सय ९३ रुपैयाँ खर्च गरेको छ । यस्तै औषधी एवं स्वास्थ्य सामग्रीमा २६ लाख ३८ हजार ६ सय ६६ रुपैयाँ र अन्य शीर्षकमा १२ लाख ४५ हजार ५ सय ७० रुपैयाँ खर्च गरेको छ भने २ लाख १३ हजार ४ सय १ रुपैयाँ मौज्दात रहेको प्रतिवेदनले देखाएको छ ।

खर्च भएको सो रकम मध्ये सङ्घीय सञ्चित कोषबाट १२ लाख ४१ हजार ५ सय र प्रदेश सञ्चित कोषबाट ३० लाख ४५ हजार रुपैयाँ प्राप्त भएको थियो । यस्तै १ करोड ८ लाख ९० हजार १ सय १० रुपैयाँ पालिकाको आन्तरिक श्रोतबाट खर्च भएको छ भने ८ लाख ७४ हजार २ सय १४ रुपैयाँ सहयोगी दाताहरू तथा अन्य ठाउँबाट प्राप्त भएको प्रतिवेदनले देखाएको छ ।

क्वारेनटिन खर्च प्रतिव्यक्ति २५ सय,
कोरोनाको सङ्क्रमणकालीन अवस्थामा यस पालिकाले क्वारेनटिन व्यवस्थापनमा प्रतिव्यक्ति करिब २ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । पालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कोरोना रोकथामका लागी गरेको क्वारेनटिन व्यवस्थापनमा ७२ लाख २३ हजार ६ सय ५७ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो आर्थिक वर्षको असार मसान्त सम्म पालिकाले २७ वटा क्वारेनटिन निर्माण गरी २ हजार ९ सय १२ जनालाई व्यवस्थापन गरेको थियो । जस अनुसार पालिकाले प्रतिव्यक्ति २ हजार ४ सय ८३ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

करिब ३५ सयलाई राहत वितरण
यस्तै सोही अवधिमा बर्दगोरिया गाउँपालिकाले करिब ३ हजार ५ सय परिवारलाई राहत वितरण गरेको पाइएको छ । पालिकाका ६ वटै वडाबाट नाम सिफारिस भएर आएका ३ हजार ४ सय ६६ घरपरिवारलाई ३८ लाख ८२ हजार ८ सय २९ रुपैयाँको राहत सामाग्री खरिद गरी वितरण गरिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । (साभारः कैलाली खबर)

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed