गदर–२ मा देखिँदैछन् सन्नी देओल

शेयेर गर्नुहोस

एजेन्सी । सन्नी देओलको करियरकै सबैभन्दा हिट फिल्म ‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो । यो फिल्मलाई अनिल शर्माले निर्देशन गरेका थिए । अनिल र देओल परिवारबीच पारिवारीक सम्बन्ध छ । अनिलले सन्नीका बाबु धमेन्द्रलाई मुख्य भूमिकामा राखेर हुकुमत, ऐलान–ए–जंग, फरिस्तेलगायत फिल्म बनाइसकेका छन् । र, अहिले फेरि सन्नी देओललाई नै लिएर गदर फिल्मको सिक्वेल बनाउने योजनामा जुटेका छन् ।

२० वर्षअघि रिलिज हुनासाथ गदरले बक्स अफिसमा धमाका पिटेको थियो । पछिल्ला २० वर्षमा कुनै पनि फिल्मको टिकट त्यति धेरै बिकेन, जति गदरको बिकेको थियो । पिके र बाहुबलीजस्ता हिट फिल्मको टिकट बिक्री पनि गदरभन्दा कम छ ।

गदर २ मा अनिलका छोरा पनि

गदर २ मा सनी देओलमात्रै नभएर अनिल शर्माका छोरा उत्कर्ष शर्मा पनि हुनेछन् । गदर फिल्ममा उनी सन्नी देओलको छोराको भूमिकामा थिए । यसअघि जिनियस नामक फिल्ममा उत्कर्ष मुख्य भूमिकामा देखिएका थिए, तर यो फिल्म फ्लप भयो । त्यहीकारण अनिलले आफ्नो छोरालाई अर्को मौका उपलब्ध गराउन चाहेका छन् । स्रोतका अनुसार गदर २ को स्क्रिप्ट पुरै फाइनल भइसकेको छ । उत्कृष्ट कथा भेटिएमा गदरको सिक्वेल बनाउने प्रतिक्रिया यसअघि नै अनिलले दिएका थिए ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *