सेती अस्पतालमा १ जना कोरोना संक्रमित महिलाको मृत्यु, ११ जना संक्रमित थपिए

शेयेर गर्नुहोस

टीकापुर । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२२ जनामा कोरोना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १११ जनाको नै रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा कोही पनि नयाँ संक्रमित अस्पताल भर्ना भएका छैनन् भने १ जना निको भएर घर फर्किएका छन् ।

अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

यस्तै १ जनाको कोरोनाको कारण आज नै मृत्यु भएको छ । मृत्यु हुने कन्चनपुरको भिमदत्त नगरपालिका (४ की ५७ बर्षिया महिला रहेकी छन् ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *