१० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलको संयोजक भीम रावल तोकिए

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोमबारको बैठकले रावललाई संयोजक तोक्दै सदस्यमा शंकर पोखरेल थपेको हो ।
‘भीम रावललाई कार्यदलको संयोजक तोकिएको छ । पहिला ६ जना हुनुहुन्थ्यो अहिले एक जना शंकर पोखरेललाई पनि समावेश गरिएको छ । कार्यदलको बैठक भोली नै भीम रावलले बोलाउनु भएको छ । देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन उहाँहरुले कार्यान्वयनका लागि सहजीकरण गर्नुहुन्छ’, बैठकपछि भट्टराईले जानकारी दिए ।

बैठकमा १० बुँदेलाई अध्यक्ष केपी ओलीले सकारात्मक ढंगले कार्यन्वयन गर्ने कुरा गरेका थिए । ‘त्यसक्रममा पुर्व एमालेमा देखिएको समूह बदलीको अवस्थालाई एकतावद्ध गर्ने, जहाँ जहा समस्या छन् । धेरै ठाउमा छैनन् । १० बुँदे कसैका निम्ती आतंक होइन, कहिँकहिँ समस्या देखिएका छन् । ति समस्या पनि सम्बन्धित जिम्मेवारी दिएका साथीहरुले नै हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ’, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।
त्यस्तै मोर्चा फाँटमा देखिएको विवाद विधान महाधिवेशन अघि नै कार्यदलले समाधान गर्न ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका बारेमा थप स्पस्ट हुनेगरी छलफल गर्नुका साथै विधान महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई एकरुपताका साथ अघि बढाउने सहमति भएको भट्टराईले बताए ।

आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरुले अध्यक्षको दस्तावेजमा समाजवाद, जबज लगायतका विषय अस्पष्ट भएको भन्दै फरक मत राखेका थिए । तिनै विषयमा समाजवादमा जाने ठोस योजनाका बारेमा अझै छलफल गर्दै जान सकिने बैठकमा अध्यक्ष केपी ओलीले बताएका थिए । त्यस्तै सोमबारको एमाले बैठकले मुख्य प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्न अन्य सवै राजनीतिक शक्तिहरूसँग एकतावद्ध हुदै अगाडि बढ्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अघि बढ्ने निर्णय गरेको छ ।

त्यसक्रममा कम्युनिस्ट पार्टीमा देखिएका विभिन्न चिन्तनसँग वैचारिक संघर्ष गर्दै अघि बढ्ने प्रतिवेदनमा समेटिएको विषयलाई थप स्पस्ट पारेको एमालेले जनाएको छ ।
(साभारः रातोपाटी)

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed