कञ्चनपुरमा ६१ हजार बराबरको अबैध समान बरामद

शेयेर गर्नुहोस

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले बेवारिसे अवस्थामा रहेको अबैध कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार अबैध सामान बरामद गरेको हो।

भीमदत्त नगरपालिका वडा नं ४ मदनचोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका कोरा कपडा, ज्याकेट, बलाउज र बिडि गरी अन्दाजी मुल्य ६१ हजार ७ सय बराबरको सर–सामान बेवारिसे अवस्थामा फेला पारी कानून बमोजिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरिएको आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। केहि दिन यता कैलाली कञ्चनपुरमा अबैध सामान बरामद हुनेक्रम बढेको छ ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed