तलब नपाएपछि शिक्षकद्धारा गाउँपालिकामा तालाबन्दी

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको बर्दगोरीयाका शिक्षक आन्दोलित भएका छन् । दशैँ तिहार नजिकिदै गर्दा पनी गाउँपालीकाले व्यवस्था गरेको निजी श्रोत तथा वाल विकास तर्फका शिक्षकको तलब निकासामा आनाकानी गरिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।


अन्य शिक्षक झैँ वाल विकास र निजी श्रोत तर्फका शिक्षकको तलब पनि यथाशीघ्र निकासा हुनुपर्ने माग सहित गाउँपालिकामा तालाबन्दी गरिएको शिक्षक माहासँघका अध्यक्ष उदय सीँ बिसीले जानकारी दिए । तालाबन्दी पछि गाउँपालिका बाट हुने सम्पूर्ण कामहरू प्रभावित भएका छन् ।

यस अघि पटक पटक उक्त विषयमा जानकारी गराउँदा पनी गाउँपालिकाबाट गैर जिम्मेवार जवाफ आएको भन्दै शिक्षकहरू थप आक्रोशित भएको अध्यक्ष वासिले बताए । उनले अहिले सम्म कुनै पहल नभएको भन्दै मागको सुनुवाइ नभए भोलि देखि रिले अन्सन लगायतका आन्दोलनका कार्यक्रम गर्ने बताए । अहिले सम्म कहिँकतै बाट पनी पहल भएको छैन , कार्यालयमा अहिले न त अध्यक्ष छन् न त प्रमुख प्रशासकीय अधिकृत नै , ४ बजे सम्म पर्खिन्छौँ ,उनले भने, ुुभोलि बाट थप सङ्घर्षका कार्यक्रम गर्ने छौँ ।


यता हामीले गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारु लाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले पितृ श्राद्धको कामको लागि आफू शुक्रवार देखी महेन्द्र नगर रहेको बताउँदै यसबारेमा आफलाइ जानकारी नआएको बताए ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed