प्रहरी दिवशका अवशरमा कञ्चनपुरमा पनि बृक्षारोपण

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लामा पनि आज ६६ औं प्रहरी दिवशका अवशरमा बृक्षारोपण गरिएको छ ।
राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको परिसरमा बिभिन्न जातमा १ सय ५० बोटबिरुवा बृक्षारोपण गरिएको हो ।


‘एक प्रहरी एक बिरुवा’ कार्यक्रम अन्तर्गत उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलास कञ्चनपुरका माननिय न्यायाधीश श्री कृष्ण लाल भट्टराईको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
प्रमुख जिल्ला अधिकारी कञ्चनपुरका राम प्रसाद पाण्डे तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीको समेत सहभागिता रहेको थियो ।


कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मातहत प्रहरी ईकाईहरूमा समेत बिभिन्न जातका १ सय ७९ बोटबिरूवाहरू बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी प्रवक्ता शिद्धराज न्यौपानेले मलवारालाई जानकारी गराउनुभयो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *