शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुर जिल्लामा पनि आज ६६ औं प्रहरी दिवशका अवशरमा बृक्षारोपण गरिएको छ ।
राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको परिसरमा बिभिन्न जातमा १ सय ५० बोटबिरुवा बृक्षारोपण गरिएको हो ।
‘एक प्रहरी एक बिरुवा’ कार्यक्रम अन्तर्गत उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलास कञ्चनपुरका माननिय न्यायाधीश श्री कृष्ण लाल भट्टराईको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो ।
प्रमुख जिल्ला अधिकारी कञ्चनपुरका राम प्रसाद पाण्डे तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका मातहत प्रहरी ईकाईहरूमा समेत बिभिन्न जातका १ सय ७९ बोटबिरूवाहरू बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी प्रवक्ता शिद्धराज न्यौपानेले मलवारालाई जानकारी गराउनुभयो ।