कञ्चनपुरबाट १ लाख २२ हजार नगदसहित १५ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको दोदोधरा नगरपालिका क्षेत्रबाट जुवा खेलीरहेकोे अवस्थामा १ लाख २२ हजार नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित ती जुवाडेहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाईएको सूचनाको आधारमा प्रहरीले छापा मारिएको थियो ।

राति १ बजे मोहन सिंहको घरबाट १ लाख २२ हजार २ सय १० रुपैया सहित १५ जुवाडेलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । उनिहरुलाइ मुलुकी अपराध संहिता ऐन अन्तरगत कार्वाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशै तिहारमा बिभिन्न ठाउँहरुमा जुवा खेल बिगतका दिनहरुदेखि हुने गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed