शेयेर गर्नुहोस
मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा नं.–४ कर्सिया विपि चोक स्थित सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.–८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनी रहेका छन् ।
को २५ प ३८९९ नं को मोटरसाइकलमा तिनैजना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा–२ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोली सहित कटुवा पेस्तोल १ थान, र सहनीको साथबाट नोकिया कम्पनीको सादा मोबाइल १ थान प्रहरीले बरामद गरेको छ । (साभारः रातोपाटी)