सिटिजन बैंक लुटपाटः भारतीयसहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा नं.–४ कर्सिया विपि चोक स्थित सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.–८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनी रहेका छन् ।

को २५ प ३८९९ नं को मोटरसाइकलमा तिनैजना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा–२ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोली सहित कटुवा पेस्तोल १ थान, र सहनीको साथबाट नोकिया कम्पनीको सादा मोबाइल १ थान प्रहरीले बरामद गरेको छ । (साभारः रातोपाटी)

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed