कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक जनाको हत्या गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या गरिएकोे हो ।

आज बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा उनको शव फेला परेको र अनुसन्धान गर्दै जादाँ हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमती सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रमेशको घाँटी थिचेर हत्या गरेको पाइएपछि हत्यामा संलग्न भएको आशंकामा रमेशकी श्रीमती सहित चार जनालाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिएका छन ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *