कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक जनाको हत्या गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या गरिएकोे हो ।

आज बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा उनको शव फेला परेको र अनुसन्धान गर्दै जादाँ हत्या गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमती सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रमेशको घाँटी थिचेर हत्या गरेको पाइएपछि हत्यामा संलग्न भएको आशंकामा रमेशकी श्रीमती सहित चार जनालाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिएका छन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *