बाढी, पहिरोमा परेर ३० जनाको मृत्यु , ३२ जना बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । ३ दिन सम्म लगातार परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ३० जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार आज बिहान सम्ममा देशभर बिभिन्न जिल्लामा बर्षा पछि आएको बाढी , पहिरोमा परेर ३० जनाको मृत्यु भएको हो ।

यस्तै देशभर १२ जना घाईते भएका छन् भने ३२ जना बेपत्ता भएका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा मात्रै १८ जनाको मृत्यु भएको छ ।

प्रदेशको पहाडी जिल्ला डोटीमा सबै भन्दा बढी १२ जनाको मृत्यु भएको छ भने बैतडीमा ४ जना र डडेल्धुरामा २ जनाको मृत्यु भएको प्रहरीको तथ्याङमा उल्लेख छ ।

यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् । बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाईते भएका हुन् । यस्तै बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । उनीहरुको खोजी कार्य सुरु गरिएको छ ।


कैलालीका बिभिन्न ठाउँमा आएको बाढीले समेत ठुलो धनजनको क्षति भएको छ । क्षतिबारे बिबरण संकलन भएको छैन ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed