कञ्चनपुर प्रहरीद्वारा १ लाख ४० हजारको अबैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको छ ।
कृष्णपुर न.पा. वडा नं. ५ बनदेबी हरियाली सामुदायिक बन नजिक भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा सो सामान बरामद गरेको हो ।
लेडिज कपडा र रुमाल गरी करिब १ लाख १३ हजार ४० रुपैयाँ बराबरको अबैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी प्रबक्ता शिद्धराज न्यौपानेले मलवारालाई जानकारी दिनुभयो ।

उक्त बरामद सामान कानून बमोजिम कारवाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको न्यौपानेले बताउनुभयो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed