शेयेर गर्नुहोस
कैलाली जिल्लाको दक्षिणपूर्विक्षेत्रमा बिभिन्न घटनाहरु बढ्दै छन । बिभिन्न घटनाहरु बढ्दै जाँदा बिभत्स हत्या समेत भएका घटनाहरु छन । केहि दिन पहिलेमात्र टीकापुर शिद्धार्थ होटेल निजिकै एकजना युवकको बिभत्स हत्या भयो । बिभत्स हत्यामा संलग्नहरु सबैलाई प्रहरीले पक्राउ पनि गर्न सकेको छैन । उक्त घटना सेलाउन नपाउदै टीकापुर नजिकै अमरावतीमा अर्को बिभत्स हत्या भयो । जानकी गाउँपालिका– ९ का २५ वर्षीय अरुण दासको बीभत्स ढंगले हत्या गरियो । यस्ता बिभिन्न घटनाक्रमले टीकापुरक्षेत्रमा शान्ति सुरक्षाको आभास हुन्छ । कानुनका रक्षकहरु समेतलाई अपराधिहरुले चुनौती दिएका छन भन्दा फरक नपर्ला ।
जानकी गाउँपालिका– ९ अमरावतीक्षेत्र समेत बिभिन्न अपराधहरुका कारण चर्चामा आउदै छ । अमरावती स्थित प्रहरी चौकीमा समेत केहि व्यक्तिले केहि महिना पहिले रातीको समयमा आक्रमण गरेका थिए । सो घटनामा समेत प्रहरी घाइते भएका थिए । तर चौकीमा आक्रमणको बिषयलाई प्रहरीलेपनि चर्चामा ल्याएन । तर सोही क्षेत्रमा हालै एक युवकको बिभत्स हत्या समेत हुन पुग्यो । घाँटी रेटेर बिभत्स हत्याले अमरावती क्षेत्रका सोझा वासिन्दाहरु निकै त्रशित छन । आ–आफ्ना बाल–बालिकाहरु लाई राम्रो दिशातर्फ कसरी हुर्काउने भन्ने बारे समेत अधिकांश लाई चिन्ताको बिषय बनेको छ । जताततै लागुऔषध दुव्र्यशनीले समेत जरा गाडिसकेको छ । सामाजिकरुपमा टीकापुर क्षेत्र बदनामित बन्दै गरेको समेत बिभिन्न घटनाक्रमले देखाएको छ । बिगतदेखिकै घटनाहरु केलाउदै जाने हो भने अन्य ठाउँमा रहनेक्रममा टीकापुरक्षेत्रको भन्न समेत हिच्किच्याउनु पर्ने अवस्था समेत देखिन्छ ।
तसर्थ टीकापुर क्षेत्रमा हुँदै गएका घटनाहरु पुनः नदोहोरिन प्रहरी प्रशासनले आफ्नो सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । इलाका प्रहरी कार्यालय टीकापुरले बिभिन्न घटनाहरु घट्न नदिनका निमित्त समयमै चनाखो बन्न समेत आवश्यक छ । साथै स्थानिय नागरिकले समेत प्रहरीलाई कुनैपनि घटना हुन नदिनका लागि सकेसम्म प्रहरीलाई जानकारी गराउन नितान्त आवश्यक छ ।