टीकापुर रानीकुलो नजिक फोहोर व्यवस्थापनमा स्थानियको बिरोध

शेयेर गर्नुहोस

फोहोर व्यवस्थापनमा लापरवाही गरिए बिभिन्न रोगको प्रकोप बढ्नेः डा. हेमन्त स्वाँर
टीकापुर । टीकापुर नगरपालिका वडा नं. २ सितापुर रानीकुलो नजिकै बनाइएको फोहोर व्यवस्थापन स्थलबारे स्थानियले बिरोध गर्दै आएका छन ।


स्थानियको बिरोध पछि उक्त स्थानमा टीकापुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि लैजादै गरेको फोहोर फिर्ता ल्याएको छ ।


टीकापुर नगरपालिकाले टीकापुर वडा नं. २ रानीकुलो नजिकै फोहोर व्यवस्थापन स्थल बनाएको छ । तर सो स्थानको करिब ५० मिटर दुरीमा घरहरु छन । फोहोर व्यवस्थापन स्थल व्यवस्थित नभएको र फोहोरका कारण बाताबरण दुर्घन्धित तथा बिभिन्न रोगहरुको प्रकोप बढ्ने सम्भावना भएकाले फोहोर व्यवस्थापन अन्यत्र हुनुपर्ने भन्दै बिरोध गरेको स्थानिय बासिन्दा बताउछन ।


रानी कुलो नजिकै गरिदै आएको फोहोर व्यवस्थापन बारे स्थानियले बिरोध गरेका छन । सो बारे छलफल पश्चात टुंगो लाग्ने र बिकल्पपनि खोजिने टीकापुर नगरपालिका कर्मचारी देवी प्रसाद आचार्यले बताए ।


टीकापुरमा व्यवस्थित फोहोर व्यवस्थापन नहुँदा आगामि दिनहरुमा समेत बिभिन्न समस्याहरु आउन सक्ने सितापुरका कालुराम चौधरी बताउछन । उनले भने–‘टीकापुर नगरपालिकाले यो बिषयलाई गम्भिररुपमा लिनुपर्छ ।’


व्यवस्थित फोहोर व्यवस्थापन भएन भने झाडापखाला, आँउ, जस्ता रोगहरु लाग्नसक्ने टीकापुर पोलिक्लिनिक प्रालिका संचालक डाक्टर हेमन्त स्वाँरले बताए ।
डाक्टर स्वाँरले फोहोरबाट मच्छरहरु उत्पन्न भइ निमुनियाँ, टाइफाइड लगायतका रोगहरुको जोखिम बढ्नसक्ने बताए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed