कैलालीमा मोटरसाइकल छाडा गाईसंग ठोक्किदा २ जना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.३ धोबिनीखोला पुल नजिक पश्चिमबाट पूर्वतर्फ आउदै गरेको से ४ प ४०५ नम्बरको मोटरसाइकल सडकमा रहेका छाडा गाईसँग ठोक्किदा दुइजना घाइते भएका छन ।


दुर्घटनामा मोटरसाइकल चालक जानकी गाउँपालिका ९ का ३५ वर्षीय दीर्घ रावल र पछाडि सवार सोही ठाउँका ३७ वर्षीय अर्जुन रावल घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु दुवै जनालाई लम्की स्थित लालरत्न अस्पतालमा लगिएकोमा चालक रावललाई भने थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जनाइएको छ।

ताजा खबर

जय महाबिर मल्टि प्रपोज एग्रो फर्मको गोदाममा आगलागि

टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

कैलालीमा एक घरमा आगलागी ५ लाख बढिको समान जलेर नष्ट

भारतसँग जोडिएका कैलाली र कञ्चनपुर सीमानाका बन्द गरिने

amazed