शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका राजस्व शाखाको आयोजनामा भएको दशौ राष्ट्रिय कर दिवस मंगलबार सम्पन्न भएको छ ।
मंसिर १ गतेदेखि ७ गतेसम्म भएको उक्त सप्ताह दिवस कार्यक्रममा टीकापुर नगरपालिकाका असल करदाताहरुलाइ सम्मान गरी सम्पन्न भएको हो ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र सम्वृद्वि भन्ने मुल नाराका भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीको अध्यक्षतामा भएको हो भने कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख आतिथ्यमा भएको हो ।
टीकापुर नगरपालिकाका १४ जना असल करदातालाई सो कार्यक्रमले सम्मान गरेको छ ।
वडा नं।१ मा सबैभन्दा बढी घर बहाल कर तिर्ने ब्यक्तीमा मुक्तिधरा शर्मा, नियमित घर बहाल कर तिर्ने संस्थामा नेपाल एस। बी। आई। बैंक टीकापुर शाखा, नियमित सटर भाडा बुझाउनेमा गोईजिहार मेडिकल, सबैभन्दा बढी घर नक्शा पास दस्तुर बुझाउनेमा कृष्ण प्रसाद उपाध्याय, कर संकलनमा असल काम गर्ने कर्मचारी जमुना कुमारी बिष्ट र नियमित कर बुझाउनेमा गंगाराम चपाई सम्मानित भएका छन ।
यसैगरी वडा नं। २ अन्तर्गत सबैभन्दा बढी कर बुझाउनेमा सुशील कुमार सिंह, वडा नं। ३ मा समयमै कर बुझाउनेमा सन्तोष कुमार चौधरी, वडा नं। ४ बाट समयमा नियमित कर बुझाउनेमा पदम सिंह बम राष्ट्रिय कर सप्ताहव्यापी कार्यक्रममा सम्मानित भएका छन् ।
त्यसैगरी वडा नं। ५ मा समयमा र नियमित कर बुझाउनेमा लाहु थारु, वडा नं। ६ बाट सुन्दर चौधरी, वडा नं। ७ बाट कर्म कुमारी कुवँर, वडा नं।८ बाट भौना चौधरी थारु र वडा नं।९ बाट गगन सिंह ओड सम्मानित भएका छन् ।
कर सप्ताह समापन कार्यक्रम मा टीकापुर राजस्व शाखा प्रमुख डिला जोशी रेग्मीले कर सप्ताह प्रतिवेदन प्रस्तुत गरेकि थिइन ।
सो कार्यक्रममा असल करदाता टीकापुर नगरपालिकाका व्यापारी गंगाराम चपाईले कर बारे जानकारी तथा नगरपालिकाको यो आयोजना सकारात्मक भएको जानकारी गराउदै मन्तव्य राखेका थिए ।
कार्यक्रम टीकापुर नगरपालिकाकि नायव सुब्बा अमृता रावलले गरेकि थिइन ।
कार्यक्रममा टीकापुर नगरपालिकाका वडाध्यक्ष, वडा सचिव, वडाका अन्य कर्मचारी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।