प्रेस काउन्सिल नेपालले टोली सुदूरपश्चिम भ्रमणमा

शेयेर गर्नुहोस

धनगढी । पत्रकारितामा देखिएको विकृतिले सर्वसाधारणको प्रेसमाथि विश्वसनीयता घटिरहेको भन्दै प्रेस काउन्सिल नेपाल,पत्रकार आचारसंहिताको अनुशिक्षण तथा सन्चारमाध्यमप्रतिको गुनासो सुन्न सुदूरपश्चिम भ्रमणमा छ।


कैलालीको धनगढीमा बुधबार कार्यक्रम सम्पन्न गरी काउन्सिलको टोलीले विहीबार कन्चनपुर, शनिबार डोटी र आइतबार अछाममा अन्तर्क्रिया आयोजना गरिनेछ।

बुधबार धनगढीमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउँदै कार्यक्रमको उद्घाटन गरिएको थियो। धनगढीमा पत्रकार आचारसंहिता पूर्णत लागू गर्ने प्रतिवद्धता सहभागीबाटै गराएर कार्यक्रमको सुरुआत गरिएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसंहिता पालना नभएको गुनासोहरू बढिरहेको जनाए । ‘प्रेस काउन्सिल कडाइका साथ आचारसंहिता पालना गराउने अभियानमा छ,’ उनले भने, ‘मर्यादित र विश्वसनीय पत्रकारिताको लागि आचारसंहिता पालना गर्न आवश्यक छ ।’

काउन्सिलले मापदण्ड तयार गरेर पत्रिकाको जस्तै अनलाइनहरूको पनि वर्गीकरण गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । ुपत्रिकाको जस्तै अनलाइनको वर्गीकरण आवश्यक भइसकेको छ । हामी मापदण्ड बनाउने कामको अन्तिम चरणमा छौं,’ उनले भने ।

उनले यूट्युवहरुलाई पनि नियमनको दायरामा ल्याउने काम भइरहेको बताए । यूट्युवबाट प्रसारित समाग्रीलाई नियमन गर्न आवश्यक रहेको बस्नेतले औंल्याए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्रांग थापा, पूर्व केन्द्रीय सदस्यहरू मीन बम, श्याम भट्ट, दिल बहादुर छत्याल, कर्ण शाह, मनमोहन स्वार, बानका केन्द्रीय उपमहासचिव गोविन्द रोस्यारा,पत्रकार महासंघ कैलालीका निर्वतमान अध्यक्ष जगत साउद लगायतले पछिल्लो समय आचारसंहिता उन्लंघनका घटना बढिरहेमा चिन्ता व्यक्त गरेका थिए । वर्तमान केन्द्रीय सदस्य भरत शाहले पत्रकार महासंघ पनि यस विषयमा गम्भीर रहेको जनाए ।

पत्रकार आचारसंहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेत सहित सदस्यहरू हरि जोशी र लालबाबु शेक उपस्थित थिए ।

पत्रकार महासंघ कैलाली शाखाले समन्वय गरेको कार्यक्रममा जिल्लाका ७ दर्जन बढी पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागी पत्रकारहरूले पनि काउन्सिललाई विभिन्न सुझाव दिएका थिए।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक