अबदेखि ड्राइभिङ लाइसेन्स नवीकरणको अवधि १० वर्ष

शेयेर गर्नुहोस

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष बनाउने तयारी गरेको छ । अहिले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्दा यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने र स्मार्ट लाइसेन्ससमेत सहज बनाउन नसकिएको भन्दै १० वर्षे अवधि राख्न थालिएको हो ।

त्यसका लागि यातायात व्यवस्था विभागले प्रस्तावित सवारी तथा यातायात व्यवस्था ऐन २०७७ मा लाइसेन्सको अवधि १० वर्ष बनाउने प्रस्ताव गरेको छ । यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ।

अहिले लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षण लगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने भएको कारण यातायात कार्यालयहरुमा भीड हुने गरेको छ।

चालकहरुले ट्रायल पास गरेर पनि नयाँ लाइसेन्स लिनका लागि एकवषएभन्दा धेरै कुर्नुपर्ने र नवीकरण गराउनेले पनि एक वर्षभन्दा बढी कुर्नु परेकोले १० वर्षे अवधि राखेमा केही सहज हुने सरकारी बुझाई छ ।

विभागको तथ्यांक अनुसार अहिले नवीकरण गर्न निवेदन दिनेहरुले र ट्रायल पास गरेकाहरुले रसिद बोकेर मात्रै गाडी चलाउनु परेको छ । यसरी लाइसेन्स पाउन नसकी रसिद बोक्नेहरुको संख्या करिब ६ लाख रहेको विभागले जनाएको छ ।

ताजा खबर

फुटबल विकासको लागि एन्फा र साउदी फुटबल संघबीच सम्झौता

चपली हाइट ३ को एक दृश्यमा अभिनेत्री सुपुष्पा भट्ट

२४ घण्टामै भारतमा थपिए साढे २ लाख कोरोना संक्रमित

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौमा पनि कोरोनाको बुस्टर डोज

amazed