माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलन प्रदेश सदस्यहरू घोषणा गरेर सकियो

शेयेर गर्नुहोस

टीकापुर । नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन प्रदेश सदस्यहरू घोषणा गरेर सम्पन्न भएको छ ।

प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।

शनिवार र आइतबारको लागि आयोजना गरिएको सम्मेलन नेतृत्वमा सहमति हुन नसके पछि थप दुई दिन लम्बिएको थियो । सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति भएपछि जुटाएर सदस्यहरू घोषणा गरिएको हो ।

तर, अझै पनि केही स्थानीय तहमा सहमति हुन सकेको छैन । सहमति हुन नसकेको ठाउँमा खाली राखिएको माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए ।

उनका अनुसार केही नाम खालि राखेर २२३ जनको प्रदेश कमिटी घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ तयारी गरिएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *